काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले देशभरका अधिकांश जिल्ला गुप्तचर प्रमुखहरूको सरुवा गरेका छन्। नेपालको जासुसी संस्था मानिने गुप्तचरका एसपीहरुको सरुवा गरिएको हो।
मापदण्डअनुसार सन्तुलित किसिमले एसपी सरुवा गरिएको बताइएको छ। स्रोतका अनुसार सरुवामा राजनीतिक चलखेल गर्नेहरुले विभाग प्रमुखलाई विवादित बनाउन खोजेपनी नियमानुसर सरुवा गरिएको हो।
सरुवा विवरण, को कहाँ पठाइए ?
• झापा – उमेश पाण्डे
• मोरङ – राजन शर्मा सापकोटा
• सुनसरी – विमल घिमिरे
• धनुषा – तिलक प्रसाई
• सप्तरी – कुलचन्द्र नेपाल
• मकवानपुर – हेमन्त कार्की
• काभ्रे – दीपक खड्का
• चितवन – सुरेश तिवारी
• तनहुँ – मनोज ढकाल
• कास्की – मोहन कुँवर
• रूपन्देही – प्रकाश आचार्य
• बाँके – हरिश विष्ट
• कपिलवस्तु – हिरण्य कुँवर
• बर्दिया – रमेश सिंह डाँगी
• कैलाली – महेश बोहरा
