धनगढी: कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित सात जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले उक्त सफलता हात पारेको हो।
जसअनुसार ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ स्थित बाँझो घरबाट २१ ग्राम ८२० मिलिग्राम हेरोइन बरामद गरेको हो।
यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–५ स्थित गेटाबाट ५ ग्राम १८० मिलिग्राम र वडा प्रहरी कार्यालय धनगढी तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२, कैलालीपुल नजिक सडक खण्डबाट ३८० मिलिग्राम हेरोइन बरामद गरेको हो।
जम्मा २७ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित निम्न ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ:
उमेश नाथ योगी (२०), घोडाघोडी नगरपालिका–१, लक्ष्मीपुर
बिनोद मिजार घोडाघोडी (१९), सुखड
नबिन मिजार घोडाघोडी (१८), सुखड
दिनेश बहादुर बिष्ट घोडाघोडी (१९), सुखड
मुकेश बस्नेत घोडाघोडी (१८), साडेपानी
कमल रिजाल (२०), गोदावरी नगरपालिका नगरपालिका–१, मनहरा
चिरञ्जीवी बि.क. (२७), गोदावरी नगरपालिका–९
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।