काठमाडौं: नेपाल प्रहरीका वरिष्ठ सइको तलब बढेको छ ।

सरकारले उनीहरुको पाँच ग्रेडसम्म पाउने गरी तलबमान समायोजन गरेअनुसार अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ ।
सोमबार अर्थमन्त्री विष्णु पौडेलले १५ करोड बजेट निकासा गरेका छन् । जसअनुसार बढुवा भएकै मितिदेखि लागुहुने गरी प्रहरीका वरिष्ठ सइहरुले तलब पाउने भएका छन् ।
३१ बैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको थियो । तर बजेट निकासा भएको थिएन ।
नयाँ पद सिर्जना गरेर बढुवा गरेपनि तबल घटेको भन्दै प्रहरीका वरिष्ठ सइहरु अदालत समेत पुगेका थिए । अदाललते उनीहरुको पक्षमा परमादेश दिएको थियो ।
Facebook Comments Box