काठमाडौः सर्वोच्च अदालतले संवैधानिक निकायमा अध्यादेशमार्फत गरिएका नियुक्ति सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासल नियुक्तिविरुद्ध परेटका रिटहरु बुधबार खारेज गरेको हो।
संवैधानिक इजलासमा राय बाझिएपछि बहुमतका आधारमा फैसला भएको हो।
यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी लगायतको नियुक्तिले बैधता पाएको छ।
सर्वाेच्चको संवैधानिक इजलासका न्यायाधीशहरु सपना प्रधान मल्ल र मनोज कुमार शर्मा र कुमार चुडालको बहुमतले रिट खारेज गरेको हो। प्रधानन्यायधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने नियुक्ति बदर हुनुपर्ने फरक राय राखेको सर्वाेच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।

Facebook Comments Box