काठमाडौंः नेपाली सेनाको कल्याणकारी कोषमा सवा २ अर्ब रुपैयाँ मिनामिना गरेको आरोपमा जर्नेल रोशन खड्का बर्खास्त भएका छन् । सैनिक बिशेष अदाललते उनलाई बिहीबार बर्खास्त गरेको हो। उनीसहित सेनानी बोधराज कार्की पनि बर्खास्त भएका छन् ।
सात वर्षअघि खड्का महासेनानी हुँदा कल्याणकारी सेवा निर्देशनालयमा थिए। त्यहाँ रहँदा उनले नक्कली कर्मचारी खडा गरी उनीहरुको नाममा पैसा निकालेर हिनामिना गरेका हुन्। उनीहरुले २ करोड २१ लाख ८५ हजार हिनामिना गरेकाले सो रकम पनि तिराउने फैसला भएको छ।

Facebook Comments Box