धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई हटाएका हुन्।
चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्। मुख्मन्त्री र मन्त्रीबिच व्यक्तिगत टकराव बढेपछि उनले बर्खासत गरेका हुन्। स्रोतका अनुसार खप्तड पर्यटन क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर टकराव बढेको थियो ।
कार्यकारी निर्देशक नियुक्त गर्दा आफूसँग सल्लाह नगरेको भन्दै मुख्यमन्त्री शाहले गत ३ असारमै राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए। चौधरीले आफुलाई हटाउन चुनौती दिदै आएका थिए। बजेट पारित भएको दोस्रो दिन मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई पदबाट हटाएका हुन्। मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट गत १९ जेठमा खप्तडको कार्यकारी निर्देशकमा डोटीका खेमराज जोशीलाई नियुक्त गरेका थिए। चौधरी गत ४ जेठमा मात्र मन्त्री बनेका हुन्।
