काठमाडौं: सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि करिब तीन हजार कैदीबन्दी मंगलबार राति नै निस्किएका छन्। उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित कैदीबन्दीहरु निस्किएका हुन्।
राति उनीहरुले नारबाजी गरेपछि सुरक्षा निकायले थेग्न नसकेको हो। कतिपयले पछि आउने भनेर निस्किएको कारागारका एक अधिकारीले बताए।
देशभरीकै कारागारबाट कैदीबन्दी निस्किएका छन्। पछिल्लो समय सेनाले नियन्त्रणको प्रयास गरिरहेको छ।
