काठमाडौं : सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान गृहमन्त्री रमेश लेखक लगायतको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनमा दमन गरेको तथा भ्रष्टाचारसम्बन्धि छानविनका लागि पासपोर्ट रोक्का गर्न लागिएको हो ।
स्रोतका अनुसार सुशीला कार्कीले यस विषयमा सल्लाह थालेकी छिन्। जेनजीका अगुवाहरुले पनि उनीहरुमाथि छानविन र कारबाहीको माग गरेका छन्। यद्यपी तत्काल पासपोर्ट नै रोक्का गर्दा चुनावी वातावरण बिग्रन सक्ने भएकाले यसमा निर्णय हुन केही समय लाग्ने बताइएको छ ।
आन्दोलनमा दमन गर्नेमाथि छानविनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरिसकेको छ। आयोगले बिहीबारदेखि आफ्नो काम थालेको छ। ढडण्ज्ञज्ञ
Facebook Comments Box
