काठमाडौं: नेपालमा ठगी गरेर विदेश भागेकी महिलालाई संयुक्त अरब इमिरेटस्(यूएइ)बाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
इन्टरपोलबाट समेत रेड नोटिस जारी भएकी फरार प्रतिवादी धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी हुन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रवक्ता डिआइजी बिनोद घिमिरेले बताए।
उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको डिआइजी घिमिरेले बताए।
Facebook Comments Box
