काठमाडौं-अविरल वर्षापछिको विपद्मा परी शनियारयता ४९ जनाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयका अनुसार सात जना बेपत्ता छन् भने २० जना घाइते भएका छन्।
सबैभन्दा धेरै इलाममा ३७ जनाको मृत्यु भएको छ। एक बेपत्ता छन् भने सात घाइते भएका छन्। त्यस्तै पाँचथरमा ६, रौतहटमा तीन, उदयपुरमा दुई र खोटाङमा एक जनाको मृत्यु भएको छ । झापा र इलाममा अझै वर्षा भइरहेकाले क्षति बढ्न सक्ने आकलन गरिएको छ। झापामा सयौं घरहरु डुबानमा परेका छन्।
Facebook Comments Box
