काठमाडौंः जेनजी आन्दोलनमा दमन गरेको घटनामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्।
जेनजी अगुवाहरूले सामाजिक सञ्जालमार्फत दबाब अभियान सुरु गरेका छन् ।
हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि ट्रेन्ड सुरु गरेका छन्। अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीको लागि दबाब दिन थालेका छन्।
सो घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगले ओली र लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ। उनीहरुको पासपोर्ट रोक्का गर्नुका साथै उपत्यका बाहिर जान समेत अनुमति लिनुपर्ने निर्णय आयोगले गरेको थियो। जेनजी अगुवा तथा पीडित परिवारले पक्राउ गरेरै बयान लिन माग गरेका छन्।
Facebook Comments Box
