काठमाडौं: सरकारले सात जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। गत १२ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेकोमा सोमबार सार्वजनिक भएको हो।
जसअनुसार छानविनमा रहेका दुई सहसचिवलाई अतिरिक्त समूहमा राखिएको छ । जेनजी आन्दोलनमा दमन गर्न निर्देशन दिने काठमाडौंका तत्कालिन सिडिओ छविलाल रिजाल तथा भिजिट भिसा प्रकरणमा छानविनमा रहेका तिर्थराज भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको हो। उनीहरु गृह मन्त्रालयमा थिए।
त्यस्तै, सहसचिव रुद्रसिंह तामाङको उर्जा मन्त्रालय, शम्भु मरासिनीको उद्योग मन्त्रालय, गजेन्द्र ठाकुरको अर्थ मन्त्रालय, जीवलाल भुषालको कृषि मन्त्रालय तथा छवीन्द्र पराजुलीको सञ्चार मन्त्रालयमा सरुवा भएको छ।

Facebook Comments Box
