काठमाडौं: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ। सरकारको निर्देशनअनुसार जाहेरी आयोगमा पठाइएको हो ।
२३ भदौको आन्दोलनमा मृत्यु भएका युवाका परिवारले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका थिए। सो जाहेरी जाँचबुझ आयोगमा पठाइएको एसपी पवन भट्टराईले जानकारी दिए।
उता एमाले कार्यकर्ताले बालेन शाह र सुदन गुरुङविरुद्ध पनि जाहेरी दिएका छन्। सो जाहेरी पनि होल्डमा राखिएको छ। उनीहरुले सिंहदरबार जलाउन उक्साएको आरोपमा जाहेरी दिइएको हो।
Facebook Comments Box
