काठमाडौं: विश्वकप छनोटमा नेपाल समूह २ को विजेता बन्दै सुपर सिक्समा पुगेको छ। समूह चरणको दुवै खेलमा नेपाल विजयी भएको हो।
शुक्रबारको खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको हो। तिव्र प्रतिस्पर्धात्मक भएको खेलमा गुल्झन झाको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा नेपाल विजयी भएको हो । बलिङतर्फ ४ ओभरमा गुल्सनले २ विकेट लिएर २० रन लिएका थिए भने ब्याटीङतर्फ २८ रनको अविजित पारी खेले ।
यो जितसँगै २ अंकसहित नेपाल सुपर सिक्समा गएको छ । सुपर सिक्सको पहिलो खेल आइतबार यूएईसँग हुनेछ।
Facebook Comments Box
