काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डिआइजीको सरुवा गरेको छ। मन्त्रालयले रिक्त भएका दुई प्रदेशमा नयाँ डिआइजी खटाएको हो।
जसअनुसार मधेस प्रदेशमा गोविन्द थपलिया तथा सुदुरपश्चिम प्रदेशमा ओम रानालाई खटाइएको छ । थपलिया सिआइबी तथा राना उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए। मधेस प्रदेशमा कार्यरत उमाप्रसाद चतुर्वेदी तथा सुदुरपश्चिम प्रदेशका डम्बर विक एआइजीमा बढुवा भएसँगै ती प्रदेशको नेतृत्व रिक्त भएको थियो ।
त्यस्तै, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत बिनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ।
Facebook Comments Box
