काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले जेनजी अगुवाहरूलाई समेटेर मन्त्रिपमण्डल विस्तारको तयारी गरेकी छिन्। सोमबार केही मन्त्रीहरु नियुक्तिको तयारी छ।
हाल सरकारमा प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् छ । प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने बताएकी छिन्।
चार जना जेनजी अगुवालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्। मन्त्री बन्न लागेकामध्ये एक हुन् बब्लु गुप्ता । उनी लामो समयदेखि सामाजिक गतिविधिमा संलग्न रहँदै आएका युवा हुन्।
परोपकारी समूह ‘१०० ग्रुप’ मार्फत कोभिडको समयमा उनले धेरैलाई सहयोग गरेका थिए। विपन्नलाई कपडा बैंकमार्फत उनले अर्काे सिर्जनशील सामाजिक काम गरेका थिए। त्यस्ता पुराना किताब उपयोगका लागि पुस्तक बैंकमार्फत पनि धेरैलाई सहयोग गरे। पछिल्लो समय प्रोजेक्ट शिक्षामार्फत विपन्न वगलाई निशुल्क शिक्षाको अभियानमा उनी लागेका छन्।

२४ भदौको आन्दोलनमा पशुपति मन्दिर जोगाउन खटिएको बब्बु गुप्ता नेतृत्वको टोली
जेनजी आन्दोलनमा अगुवामध्ये उनी शान्तिपूर्ण शान्तिपूर्ण प्रदर्शनमा जोड दिएका थिए। केही अराजक समूह पशुपतिनाथ मन्दिरमा समेत लुटपाट गर्न गएकोमा उनकै नेतृत्वको स्वयम्सेवक दस्ताले नेपाली सेनासँग मिलेर रोकेको थियो। सो घटनाका कारण पनि उनको प्रशंसा भयो।
उनै सामाजिक अभियन्ता गुप्तालाई पर्यटन वा खेलुकद मन्त्री बनाउनेबारे बालुवाटारमा छलफल भइरहेको स्रोत बताउँछ। जेनजीका सबै समूहले उनको नाममा सहमति जनाएका छन्।
