काठमाडौं: जेनजीका नाममा विभिन्न निकायमा आतंक मच्चाउनेहरुको एकपछि अर्काे पोल खुल्न थालेको छ। अख्तियारदेखि विभिन्न सरकारी निकायमा गएर धम्काउने अर्जुनबहादुर शाही पाँच वटा मुद्दाका अभियुक्त भएको प्रमाण बाहिर आइसकेको छ।
आफुलाई जेनजी अगुवा बताउने अर्का एक युवकको पनि अपराधिक रेकर्ड भेटिएको छ। सोमबार अखिल नेपाल फुटबल संघ(एन्फा)मा गएर ज्ञापनपत्र बुझाउनेमध्ये एक युवक चेक बाउन्स मुद्दाका आरोपी भएको खुलेको छ।
जेन्जीका अभियान्ता बताउने अनिष कार्की लगायत एन्फा पुगेर ज्ञापनपत्र बुझाएको थियो। कार्की चेक बाउन्स मुद्दाका आरोपी हुन्। उनीविरुद्ध कागेश्जर मनहराका प्रदीपराज गिरीले चेक बाउन्सको जाहेरी दिएका थिए। ५ लाख ३३ लाख रकम फिर्ता नदिएपछि कार्कीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी परेको थियो। उनै कार्की अहिले जेनजीका नाममा विभिन्न निकायमा सुधारका लागि भनेर दबाब दिन थालेपछि जेनजीहरुकै बदनाम भएको छ।

