काठमाडौं: आफुलाई जेनजी अगुवा भन्दै सरकारी कार्यालयमा आतंक मच्चाएका अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।
शाहीविरुद्ध प्रहरीमा ठगी र चेक बाउन्सका उजुरी छन्। उनले कोरिया पठाइदिने भनेर ठगी गरेको मुद्दा वैदेशिक रोजगार विभागमा विचाराधीन छ। उनी गाडी खरिदमा पनि ठगी गरेका थिए।
Facebook Comments Box
