काठमाडौँ : सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ।
जमेको पानीमा डुबेर बुधबारडाक्नेश्वरी-५ की भगवती यादवकी छोरी दुई वर्षीय श्रृष्टि कुमारी यादवको मृत्यु भएको हो ।
घरबाट करिब ५० मिटर पूर्व दक्षिणतर्फ खेतमा जमेको पानीमा श्रृष्टि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए।
बालिका खेल्दै जाने क्रममा खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
