काठमाडौं: मधेस प्रदेशका सांसद सरोजकुमार सिंह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बिहीबार पक्राउ गरेको हो। पक्राउ गरेर उनीसहित १६ जनाविरुद्ध भ्रष्टाद्धचार मुद्दा दायर भएको छ।
नक्कली उपभोक्ता समिति बनाएर एक करोड ३६ लाख २७ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन्। गत जेठ २९ मा पक्राउ परेका सिंहलाई आयोगले तारेखमा राखेर अनुसन्धान गर्दै आएको थियो।
Facebook Comments Box
