काठमाडौँ। जेनजी आन्दोलनपछि ध्वंस सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आकार साढे ७ करोड पुगेको छ । मंगलबार नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड रुपैयाँसहित एनएलजी इन्स्योरेन्सले २५ लाख रुपैयाँ कोषमा हालेसँगै कोषको आकार कुल ७ करोड ५१ लाख ६० हजार ४३९ रुपैयाँ पुगेको हो ।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालले नेसनल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीबाट १ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलवल्लभ पन्तबाट २५ लाख रुपैयाँको चेक बुझेका छन् ।
Facebook Comments Box
