काठमाडौं : सरकारले आगामी कात्तिक २४ गते नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी गरेको छ । २६ कात्तिकदेखि प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाउँदैछन् । उनी अवकाश पाउनुभन्दा दुई दिनअघि ३३ औं आइजिपी चयन गर्न लागिएको हो।सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट नयाँ आइजिपीको टुंगो लगाउन लागिएको हो।सकेसम्म बिहीबार नत्र सोमबार आइजिपी नियुक्ति हुने प्रधानमन्त्री निकट स्रोत बताउँछ ।
नयाँ आइजिपीका लागि चार एआइजी प्रतिस्पर्धामा छन्। दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र शिद्धिबिक्रम शाह छन्। उनीहरुमध्ये दानबहादुर र मनोजलाई मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएको छ । दानबहादुर वरियतामा पहिलो स्थानमा रहेकाले उनलाई मुख्य दाबेदार हेरिएको छ । तर, अहिलेको अवस्थामा सुशासनका लागि कडा स्वभावका मनोजलाई नियुक्त गर्नुपर्छ भनेर अर्काे समूह लागेको छ । दुवै पक्षले प्रधानमन्त्री सुशीला कार्की निकट समूहसँग लबिइङ गरिरहेका छन् ।
