Categories
नेपाल प्रहरी मुख्य खबर

मुद्दा पर्ने डरले आइजिपी नियुक्तिमा ढिलाई


काठमाडौं: सरकारले नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा ढिलाई गरेको छ। बुधबारदेखि प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाउने भएपनि अझै नियुक्तिको सुरसार छैन । आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएपनि नियुक्तिको तयारी छैन । स्रोतका अनुसार सोमबार नै बैठक राखेर नियुक्ति गर्ने तयारी भइरहेको छ।

वरियतामा जुनियर रहेका एआइजी आइजिपी हुने सम्भावना बढेको छ। तेस्रो नम्बरमा रहेका डा.मनोज कुमार केसीको पछिल्लो समय सम्भावना बढेको स्रोत बताउँछ । पहिलो वरियतामा रहेका दानबहादुर कार्की छन्। दोस्रोमा राजन अधिकारी छन्।

प्रधानमन्त्री सुशीला कार्की निकट समूहले केसीलाई आइजिपी नियुक्तिमा दबाब दिइरहेको छ। तेस्रो वरियतामा भएकाले केसीलाई नियुक्ति गर्दा अदालतले उल्टाउन सक्ने जोखिम छ। जसकारण बुधबार नियुक्ति गरेर बिहीबार बिहानै फुली लगाउने सरकारको रणनीति देखिएको छ। यसअघि प्रचण्ड सरकारले जयबहादुर चन्दलाई नियुक्त गर्दा सुशीला कार्कीले नै त्यो निर्णय कार्यान्वायनमा रोक लगाएकी थिइन् ।

आइजिपीमा नियुक्तिमा नम्बरमा रहेका कार्की र दोस्रो नम्बरमा रहेका अधिकारी पनि दौडधुपमा लागेका छन्।चौथो नम्बरमा रहेका शिद्धिबिक्रम शाहको सम्भावना भने कमजोर भएको स्रोत बताउँछ।