काठमाडौं: प्रहरी प्रधान कार्यालयले आज आइजिपी चन्द्रकुबेर खापुङको बिदाई गर्दै छ। ७० दिन प्रहरीको नेतृत्व गरेरे उनी बिदा हुन लागेका हुन्।
प्रहरी प्रधान कार्यालयले उनलाई बिदाईको तयारी गरेको छ। नवनियुक्त आइजिपी दानबहादुर कार्कीलाई नेतृत्व हस्तान्तरण गरेर उनी बिदा हुन लागेका हुन्। खापुङको कार्यकाल जेनजी आन्दोलनको तनावमै बितेको छ।
कार्कीले बिहीबार फुली लगाएर प्रहरीको कमाण्ड सम्हाल्नेछन्। कार्कीले साढे दुई वर्ष प्रहरीको कमाण्ड सम्हाल्नेछन्।
