काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरूसहित सान्दर्भिक मिडिया नेटवर्क प्रा.ली. उपर पनि गैर कानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
आयोगले डिभिजन कार्यालयका लेखापाल प्रदीप यादब, सान्दर्भिक मिडिया नेटवर्कका सञ्चालक निसान्त सिग्देल र प्रभाव पब्लिकेसनका प्रबन्ध सञ्चालक सन्तोषराज खरेलविरुद्ध तीन लाख १६ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो । बोलपत्रको विज्ञापन एक पत्र मात्र निकालेर अनियमितता गरेको अभियोग उनीहरुमाथि छ ।
