Categories
मुख्य खबर समाचार

जग्गा हिनामिनामा पूर्वसचिव कार्की पक्राउ


काठमाडौंः नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा हिनामिनामा पूर्वसचिव अर्जुनबहादुर कार्की पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो।

ट्रष्टको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिदा अनियमितता भएको प्रकणमा सिआइबीले यसअघि पूर्वसहसचिवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। कार्की त्यतीबेला ट्रष्टको कार्यालयका सचिव थिए । यो घटनामा यती समूह पनि छानविनमा छ।