काठमाडौं – निर्वाचन आयोगले चितवन – ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ ।
आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिए ।
रविको नागरिकता अवैध रहेकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजरी परेको छ ।
Facebook Comments Box