पोखरा – गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ ।
केन्द्रीय सत्ता गठबन्धन हेर्ने हो भने यहाँ पनि एमाले, माओवादी र राप्रपाको गठजोडबाट सरकार बन्ने देखिन्छ । पहिलो पार्टी नेपाली कांग्रेससँग २७ सीट छ भने सत्ता गठबन्धनसँग ३२ सीट छ । एक सीट एकीकृत समाजवादीमा छ ।
माथिल्लो गठबन्धनका कारण यहाँ पनि पहिलो पार्टी सत्ताबाट बाहिर रहने पक्का भएको छ । दोश्रो दल एमालेको २२ तथा माओवादीको ८ र राप्रपाको २ सीटबाट गण्डकीमा सरकार बन्न सक्छ ।
Facebook Comments Box