काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
सुनसरीको इटहरीमा भइरहेको प्रतियोगितामा आजको पहिलो खेलमा बाग्मती प्रदेश र विभागीय टोली एपीएफ खेल्दैछन् ।
यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
त्यस्तै आजको दोस्रो खेलमा दिउँसो १ बजे मधेस प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितामा सात वटा प्रदेश र एक विभागीय टोली गरी ८ टोली सहभागी छन् ।
Facebook Comments Box