धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका नयाँ डिआइजी अशोक सिंह धनगढी पुगेका छन्। बुधवार प्रहरी नायव महानिरीक्षक (डिआइजी) सिंहले धनगढी पुगेर प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन्।
उनी हालै यहाँ सरुवा भएका हुन्। उनी यसअघि विशेष ब्युरोमा कार्यरत थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका यस अघिका डिआइजी मोहनकुमार आचार्यको सरुवा भएपछि उनी यहाँ आएका हुन्। उनी धनगढीका स्थानीय बासिन्दा हुन्। सिंह काठमाडौं, पोखरा लगायतका जिल्लाको कमाण्ड सम्हालिसकेका व्यवसायिक प्रहरी अधिकृत हुन्।
Facebook Comments Box