काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै लिने भएको छ । बोर्डले गत वर्ष एसईईको परीक्षा तालिका सार्वजनिक गर्दा सो परीक्षा प्रदेशबाटै गर्ने जनाएको थियो । तर, त्यो विषय कार्यान्वयन नभए पनि यो वर्ष पनि प्रदेश सररकारको एसईई परीक्षा गर्ने अधिकार खोसिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भन्नुभयो– ‘प्रदेश कार्यालयहरूमा श्रोतसाधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाटै सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेका हांै ।’ उहाँको अनुसार प्रश्नपत्र बोर्डले छाप्ने र परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षा गर्ने काम प्रदेश कार्यालयको हो । परीक्षा नियन्त्रक श्रेष्ठले भन्नुभयो– ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश स्तरमा परीक्षा सञ्चालन गर्न आवश्यक बजेट प्रदेशलाई नै दिनेगरी विनियोजन गरिसकेको छ । हामीले त प्रश्नपत्र छपाइ गर्ने अनि प्रदेश कार्यालयमा पु¥याउने मात्रै हो ।’