बैतडी – बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। प्रसिद्ध धार्मिकस्थल वनारसीमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्दछ। बिशेष पूजाआजासहित वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीयले बताएका छन्।
वनारसी धामको जात्रालाई सामुदायिक सद्भावको जात्राका रुपमासमेत लिने गरिन्छ। दलित समुदायका पूजारीले पूजाआजा गर्ने मन्दिरमा सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रही आएको छ। वनारसी धाममा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। सुर्नया नदीको किनारमा अवस्थित वनारसी धामलाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने गरिएको छ।
Facebook Comments Box