काठमाडौँ – एल आर आई स्कुलले आयोजना गरेको बास्केटबल तथा फुटसल फेस्ट २०७९ संचालन भइरहेको छ । विद्यालयकै खेल मैदानमा आयोजना भइरहेको प्रतियोगितामा ट्रिनिटी, ग्लोबल कलेज, हिमालयन ह्वाइ टहाउस, सीसी आरसी, गोल्डेन गेट, डी.ए.भी, बर्नहार्ट, ट्रिटन, ग्यालेक्सी, सामाखुसी विद्यालय, केसीसीएस, पुष्प सदन, नभोदित, ओमेगा, आईएमएस, न्यूजेनिथ, टाईंम्स, जनमैत्री एस. कलेज तथा आयोजक एल आर आई बीचलिग चरणको प्रतिस्पर्धा जारी छ ।
हिजो भएको पहिलो खेलमा नभोदित र न्यू जेनिथ भिडेका थिए । उक्त खेलमा नभोदित ४८ स्कोर गर्दै विजयी भएको थियो । यस्तै सीसीआरसी र ट्रिनिटी बिच भएको दोस्रो खेलमा ५६ स्कोर गर्दै सीसीआरसी विजयी भएको थियो । ट्रिनिटीले भने २९ स्कोर गरेको थियो । यस्तै हिजोको तेस्रो खेलमाह्वाइटहाउस र बर्नहार्ट कलेज भिडेकाथिए । ५४ स्कोर गर्दै ह्वाएइटहाउस विजयीभएको थियो । बर्नहार्टले भने ३३ स्कोर गरेको थियो ।
डिएभी र ओमेगा बिचभएको खेलमा ओमेगा विजयी भएको थियो । ओमेगाले २९ स्कोर गर्दा डिएभीले मात्र १७ स्कोर गरेको थियो । सामाखुसी विद्यालय र पुष्पसदन बिच भएको प्रतिस्पर्धात्मक खेलमा भने ४८ स्कोर गर्दै सामाखुसी विजयी भएको थियो भने पुष्पसदनले ४५ स्कोर गरेको थियो । हिजोको अन्तिम खेल आयोजक एल आर आई र आई एम एस बिच भएको थियो । ऊत खेलमा आयोजक एल आर आई विजयी भयो । एल आर आइले ३८ स्कोर गर्दा आईएमएसले २३ स्कोर गरेको थियो ।
अब यस पछि लिग चरणका अन्तिम खेलहरु हुँदैछन् । लिग चरणबाट छानिएका टोलिहरु नक आउट चरणमा प्रवेश गर्ने छन् ।