धनगढी- कैलालीको धनगढीमा एक युवक कुटिएका छन्। बुधवार धनगढी बजारमै एक युवकमाथि सामूहिक आक्रमण भएको हो।
धनगढी उप महानगरपालिका वडा नम्बर ५ शिवनगर बस्दै आएका बसन्त जेठारामाथि आक्रमण भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको कभर्ड हल नजिकै जेठारामाथि आक्रमण भएको हो।अहिले जेठारामाथि आक्रमण गर्ने समूहका निषेध धामीलाई प्रहरीले पक्राउ गरेको र अन्य ९ जना फरार रहेको बताइएको छ। धामीसहित १० जनाको समूहले जेठारामाथि आक्रमण गरेका थिए।
जेठाराले आफूमाथि बिना कारण कुटपिट भएको बताएका छन्। उनले आफू एक्लै सडकमा हिडिरहेको बेला उनीहरुको बोलाएको र आफूले के हो भाई ? भनेर जवाफ फर्काउदा एक्कासी आक्रमण गरेको दाबी गरे।
उनलाई धनगढीको बाल्मीकी स्कुलदेखि लखेट्दै टिसिएन चोकसम्म पु¥याइएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जेठाराको मुख, टाउको र शरिरमा चोट लागेको छ। कुटपिटमा संलग्नहरुमाथि मुद्धा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।