धनगढी: धनगढी उपमहानगरपालिकाले बोटबिरुवा चोरिन थालेको जनाएको छ। धनगढी–अत्तरिया ६ लेनस्थित सडक क्षेत्रमा रोपिएका बोटबिरुवा चोरी हुन थालेको जनाइएको हो।
चटकपुरबाट ८ वटा र राजपुरबाट ४ वटा गरी अहिले सम्म १२ ओटा फूलसहित अन्य बोटबिरुवा चोरी भएको बताइएको छ। बोटबिरुवा चोरी गर्ने व्यक्तिलाई कारबाही गरिने पनि नगरपालिकाको दाबी छ।
Facebook Comments Box