काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् ।
अध्यक्ष ओलीले आफ्नो ७१ औँ जन्मदिनको अवसरमा ‘केपी बा’ नामक युट्युब च्यानल शुरु गरेका हुन् । ओलीले आफ्ना अनुभवहरु जनता समक्ष पुर्याउन युट्युब च्यानल सञ्चालनमा ल्याइएको ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए ।
उनको युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेटको भिडिओ अपलोड भएको छ । यो समाचार तयार पार्दासम्म ‘ओली बा’ युट्युब च्यानललाई १ हजार २५ जनाले सस्क्राइब गरेका छन् भने उनले २२ घण्टा अगाडी अपलोड गरेका भिडियोलाई ७ हजार २ सय जनाले हेरेका छन् ।
Facebook Comments Box