काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनको ग्रामिण आदर्श बहुमुखि क्याम्पस, नेपालटारको ईकाई अधिबेशन सम्पन्न भएको छ ।
कार्यक्रममा राप्रविसंका ग्रामिण आदर्श बहुमुखि क्याम्पसका इकाई संयोजक किरण भट्ट को सभापति, राप्रविसंका पुर्वअध्यक्ष साथै पार्टीका केन्द्रीय सदस्य तथा संयोजित संगठन समन्वय विभागका सदस्य सचिब धनसुर शाहीको प्रमुख आतिथी र राप्रविसंका नि. अध्यक्ष जे.पी. बगाले विशेष अतिथि रहेका थिए ।
अतिथीहरुमा राप्रविसं (राष्ट्रबदी) का पुर्व अध्यक्ष रबिन थापा, राप्रविसंका पुर्व केन्द्रीय उपाध्यक्ष निराजन बम, केन्द्रीय सदस्य प्रकाश खनाल, मनिष भट्टराई, राप्रविसं ग्रामिणका पुर्बअध्यक्ष दिपेन्द्र अधिकारी, राजकुमार बि.क., राप्रबिसं एन.आर. कलेज संयोजक सुदर्शन प्रधान, राप्रविसं नेता दिपेश शाह लगायतको उपस्थिति रहेको थियो, कार्यक्रम संचालन चर्चित बिध्यर्थी नेता सुबास घिमिरे (अशु) ले गरेका थिए भने हजारौ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राप्रविसंका पुर्ब अध्यक्ष धनसुर शाहीले नवनिर्वाचित कार्यसमितिलाइ बधाइ दिदै राष्ट्र जोगाउनका लागि युवा विद्यार्थीहरु एकजुट हुनुपर्ने कुरामा जोड दिए । त्यस्तै विशेष अतिथि जे.पि. बगालेले बर्तमान अबस्थामा बिध्यार्थी आन्दोलन कमजोर भएको र विद्यार्थी आन्दोलनको साख फर्काउन राप्रबिसंले नेतृत्व लिनुपर्ने साथै यसको सुरुवात ग्रामिण आदर्श बहुमुखी क्याम्पसबाट गर्न गर्ने बताए ।
अधिबेशनबाट सर्बसम्मतिले किरण भट्ट नेतृत्वमा २१ सदसिय इकाई कार्य समिति गठन गरेको छ । गोरखा पालुङ्टार नगरपालिका घर भएका भट्ट राप्रविसं ग्रामिणमा स्नाततक तह प्रथम बर्षमा अध्यनरत छन भने लामो समयदेखि राप्रबिसंमा सक्रिय रहेका थिए । त्यस्तै सचिबमा धनमल ऐडी चयन भएका छन । हुम्ला घर भएका ऐडी हाल स्नातक तह तृतिय वर्षमा अध्ययनरत छन ।
कार्यकरममा बोल्दै नबनिर्बात अध्यक्ष भट्टले आगामी चैत्र ५ गते हुने स्वबियु निर्वाचनमा राप्रबिसं लाई विजय गराउन अनुरोध गरे । साथै राप्रविसंलाई बिजय गराएमा क्याम्पसको शैक्षिक भबिष्य र देशकै शैक्षिक भबिष्यमा आमूल परिबर्तन गर्ने बताए ।