अछाम – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कमलबजार बहुमुखी क्याम्पसमा इकाई कमिटी गठन भएको छ ।
कृष्ण विष्ट को अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रिय सदस्य एंवम अछाम इन्चार्ज धुर्व रावल रहनु भएको थियो ,प्रमुख अतिथि रावलले विद्यार्थीको साथी अखिल क्रान्तिकारी भएकाले वास्तविक विद्यार्थी अखिल क्रान्तिकारीमा गोलबन्द हुँदै चैत्र ५गते हुने स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी लाई बिजय गराउनुपर्ने बताउनु भएको थियो।
यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथी नेकपा माओवादी केन्द्रका सुप प्रदेस कमिटी सदस्य एंवम कमलबजार इन्चार्ज रण बहादुर विष्ट,अतिथि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लाल बहादुर साउद, माओवादी केन्द्र का कमलबजार नगर कमिटी अध्यक्ष खडक सिङ भणडारि , क्रान्तिकारीका जिल्ला उपाध्यक्ष कमल थापा विद्यार्थी नेता भरत रावल लगायतको सहभागीता रहेको थियो उक्त कार्यक्रम बाट अध्यक्ष तपेन्द्र भन्डारी ,उपाध्यक्ष राजु धमाला,सचिव कृष्ण विस्ट,कोषाध्यक्ष मैसरा विस्ट लगायतको १५सदस्यीय इकाइ कमिटि विस्तार भएको छ । उक्त कार्यक्रमको संचालन जिल्ला सह-सचिव जगत शर्माले गर्नु भएको थियो ।