बझाङ – बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका – १० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो ।
बुधबार साँझ ५ बजेको समयमा बुङ्गल नगरपालिका- ४ झापामा रहेको कृषि विकास बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा घर नजिकैको माझापड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
Facebook Comments Box