काठमाडौं – आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले बुधबार राति काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विष सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले उनले विष सेवन गरेको र अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको एसएसपी कार्कीले जानकारी दिए । प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वाइबा उनी बोल्न सक्ने अवस्थामै छन् । तर, विष सेवन गर्नुको कारण भने बताएकी छैनन् ।
वाइबा केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि विवादमा तानिएकी शर्मिला अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् । त्यतिबेला पनि गायक राजेश पायल राईसँग उनले लफडा गरेकी थिइन् ।
Facebook Comments Box