काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्त गर्न नसकिएको जनाएको छ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको हो।
अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री कार्यालयमा सूचनाको हक प्रयोग गरी दर्ता गरेको निवेदनमा जवाफ दिँदै कानुन नभएकाले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकिएको सूचना अधिकारी कविता फुयाँलले जनाएकी छन्।
फागुन १ गते नेपाल बार एसोसिएसनले सर्वोच्च प्रधानन्यायाधीश नियुक्ति गर्न भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो।
Facebook Comments Box