दूधकाे मूल्य ५६ रुपैयाँ ४० बाट बढेर प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पुगेकाे छ । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० बढाएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे प्रस्तावअनुसार दूधकाे मूल्य बढाइएकाे सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले किसानकाे गुनासाे सम्बाेधन गर्दै कच्चा दूधको मूल्य बढाइएको दाबी गरिन् ।
Facebook Comments Box