बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेका गतिविधि राेक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकाे छ । बैंक तथा वित्तीय संस्थालक्षित आन्दोलन चलिरहेकाे सन्दर्भमा जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले निगरानी बढाउन भनेकाे हाे ।
‘त्यस्ता गतिविधि राेक्न एवं आवश्यक निगरानी बढाउन भनिएकाे छ’, गृहसचिव विनाेदविक्रम सिंहले भने, ‘शान्ति सुरक्षा कायम गर्नु गृह प्रशासनको दायित्व हाे । सोहीअनुसार गर्न भनेका छाैँ ।’
केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना बाहिरिएकाे थियाे । खासगरी व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाविरुद्ध मानिसहरूलाई उचालिरहेका छन् । उनले सार्वजनिक मञ्चबाटै बैंकका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।
Facebook Comments Box