धनगढी : बैतडीको पाटन नगरपालिकाका मेयरले मन्त्रालयले पठाएका उपसचिव स्तरका हाकिमलाई अस्वीकार गरेका छन्। पाटनका मेयर गौरीसिंह रावलले मन्त्रालयलाई पत्र नै लेखेर निमित्त कार्याकारी अनुभवी भएको दाबीसहित निमित्तलाई नै जिम्मेवारी प्रदान गर्न अनुरोध गरेका हुन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाटनको प्रमुख प्रशाकीय अधिकृतको रुपमा उप सचिव ओमप्रशाद पाण्डेलाई पठाएको थियो। तर मेयर रावलले मनोमानी ढङ्गले पत्र पठाएको उपमेयर कमल बोहराको आरोप छ। मेयरले गलत निर्णय गरेको अधिकांश वडा अध्यक्षले निर्णय सच्चिनु पर्ने सुझाव दिएका छन्।
पाटन नगरपालिका-८, वडाध्यक्ष हरिशकिरण बिष्टले पनि सामाजिक सञ्जाल अध्यक्ष हरिशकिरण बिष्टले सामाजिक सञ्जाल फेसबुकबाट मेयरलाई निर्णय सच्याउन आग्रह गरेका छन्। स्रोतका अनुसार मयेर रावलको निमित्त कार्यकारी कनेक्सलाई आर्थिक कारोबारसँग जोडिएको छ ।