काठमाडौँ – सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँ माइतीघरमा प्रदर्शन गरेको छ ।
व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौँको माइतीघरमा भेला भई नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ । महाअभियानले बैङ्कको ब्याजदर घटाउनु पर्ने, २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ ।
पदर्शनकारीहरूले राजा आऊ देश बचाउँ, संघीयता खारेज गर्, हिन्दु राज्य जिन्दावाद जस्ता नाराहरू लगाएका थिए।
Facebook Comments Box