काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन्।
ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीवीहरूले भनेको उल्लेख गदै निर्वाचनपरिणामले गतल साबित गरेको उनको भनाई छ ।
‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरू लागि परेका छन्। उनीहरूलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरू भइरहेका छन्, सचेतना जगाउनुस्।’
ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जिन भएको बताए।
Facebook Comments Box