धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि सर्वदलीय बैठक बसेको छ।
सभामुखको कार्यकक्षमा बसेको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी सत्तापक्षमा बस्ने र नेकपा एमाले र राप्रपा प्रतिपक्षमा बस्ने भएका छन्। त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले पनि विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।
सर्वदलीय बैठकमा आजको प्रदेश सभा बैठकको कार्यसूची लगायतका विषयमा पनि छलफल भएको थियो। आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिंदैछन्।
बैठकमा सबै पार्टीका दलका नेता र एमालेका तर्फबाट प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले सम्बोधन गर्ने छन्।
Facebook Comments Box