धनगढी – सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरि प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। तर अहिलेसम्म बैठक सुरु हुन सकेको छैन। केहीबेरमा बैठक सुरु हुने र विश्वासको मत लिने कार्यसूची रहेको बताइएको छ।
माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोही अनुसार आज शाहले विश्वासको मत लिँदै छन्।
सोही क्रममा सत्तारुढ गठबन्धनमा सहभागी दल नेकपा एकीकृत समाजवादीले आफ्ना प्रदेश सभा सदस्यहरुलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। केहीबेर अघि संसदीय दलको कार्यालयमा बसेको बैठकले ह्विप जारी गर्ने निर्णय गरेको हो।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ।
कांग्रेसका १९, माओवादीका ११ ९सभामुख०, नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० ९उपसभामुख०, राप्रपा र स्वतन्त्र १र१ सांसद छन्।