काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक बसेको छ।
आज अपराह्न ४:३० बजेदेखि बैठक जारी छ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत छन्।
समसामयिक राजनीतिक र राष्ट्रपति निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
Facebook Comments Box