धनगढी – नेपाल प्रेस युनियन डडेल्धुराको अध्यक्षमा योगेन्द्रबहादुर रावल सर्वसम्मत चयन भएका छन्।
शनिवार भएको ५औँ जिल्ला अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय समिति गठन भएको हो।
युनियनको उपाध्यक्षमा राम खत्री र भानबहादुर विक समावेशी सचिव पुष्कर भण्डारी, सहसचिव पद्मा साउँद, कोषाध्यक्षमा पदम जोरा चयन भएका छन्।
यस्तै सदस्यमा गणेशबहादुर मगर, दिपक भट्टराई , आशिष मल्ल, दिपकराज भट्ट, तर्कराज भट्ट, श्रेया ऐरी, गोपाल राउटे, जुनु मगर, पवित्र रोकामगर, चन्द्रीका कुमारी भट्ट र रुपा दमाई चुनिएका छन्।
यस अघि नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो।
Facebook Comments Box